Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गाडीको ठक्करबाट साइकलयात्रीको मृत्यु


    शुक्रबार, माघ २१ २०७८
    490
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । हुलाकी राजमार्गअन्तर्गत महोत्तरीको सोनमा गाउँपालिका–३ स्थित सडकमा गए राति पिकअप भ्यानले ठक्कर दिँदा एक साइकल यात्रीको मृत्यु भएको छ।

    मृत्यु हुनेमा सम्सी गाउँपालिका–४ गैँढाभेटपुर बस्ने ४० वर्षीय वीरेन्द्र राउत बरई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।

    गए राति हुलाकी सडकखण्डको सम्सीबाट रघुनाथपुर जाँदै गरेको ज१च ११६४ नम्बरको पिकअपले सोनमा–३ स्थित सडकमा विपरीत दिशाबाट साइकलमा आउँदै गरेको वीरेन्द्रलाई ठक्कर दिँदा उनको मृत्यु भएको थियो।

    पिकअपले ठक्कर दिँदा गम्भीर घाइते उनलाई उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।

    घटनापश्चात पिकअपका चालक फरार छन् भने मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार