Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कर्णालीमा भारी हिमपात (फाेटाे फिचरसहित)


    शुक्रबार, माघ २१ २०७८
    575
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मुगु । कर्णाली प्रदेशका हिमाली जिल्लामा भारी हिमपात भएकाे छ । मुगु, जुम्ला, डोल्पा, हुम्लामा भारी हिमपात हुँदा हवाइ र सडक यातायात प्रभावित भएकाे छ ।

    मुगुस्थित ताल्चा विमानस्थलमा हवाइ उडान ठप्प भएकाे छ भने कर्णाली राजमार्गका विभिन्न खण्ड अवरुद्ध बनेका छन्। बिहीबारबाट बाक्लाे हिमपात हुँदा विमानस्थलमा हवाइ उडान हुन सकेकाे छैन ।

    कर्णालीमा यो  तेस्रो पटक हिमपात भएकाे हाे । यसअघि माघ दोस्रो हप्ता र गत पुसमा पनि हिमपात भएको थियो ।

    माैसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुँदा हिमपात भएकाे हाे । आज पनि हिमपात भइरहेकाे छ ।

    मुगुका प्राय: सबै स्थानीय तह लगायत सदरमुकाम गमगढी बजारमा लगायतका क्षेत्रमा हिमपात भएको छ ।  जुम्लाका सबै स्थानीय तहका क्षेत्रमा पनि हिमपात भएको छ ।

    KARNALI-7-.jpgKARNALI-4-.jpgKARNALI-6-.jpgKARNALI-9-.jpgKARNALI-10-.jpgKARNALI-3-.jpgKARNALI-2-.jpgKARNALI-1-.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार