Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पशुपति क्षेत्रमा अबैध फूल-उपहार पसल र टहरा हटाइँदै


    शुक्रबार, माघ २१ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर आसपासमा रहेका फूल, उपहार पसल र टहरा हटाउन १५ दिने अल्टिमेटम दिएको छ ।

    पशुपति क्षेत्रको सौन्दर्यतामा नकरात्मक असर पर्ने तथा भक्तजन, तिर्थयात्री, पर्यटक र पैदलयात्रीको आवागमनमा समेत अवरोध पुगेको भन्दै फू-उपहार पसल र टहरा हटाउन निर्देशन दिइएको हो । 

    कोषका अनुसार मुख्यतः पशुपति क्षेत्रका मुल सडक, सहायक सडकहरुका पेटी, डबली र खुल्ला चौर, कैलाश डाँडा तथा मृगस्थली, गोरखनाथ क्षेत्र, वन गणेश, पञ्चदेवल बृदाश्रम, भकुन्डोल क्षेत्रका फूल उपहार पसल र टहरा हटाउनुपर्नेछ ।

    १५ दिनभित्र अर्थात ३ फागुनभित्र खाली गर्न सूचना जारी गरेको कोषले सो समय भित्र खाली नगरेमा आफै हटाउने चेतावनी दिएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार