Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जुम्लामा तेस्राे पटक हिमपात, जनजीवन कष्टकर (फाेटाे फिचर)


    शुक्रबार, माघ २१ २०७८
    560
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जुम्ला । जुम्लामा  पुनः हिमपात भएको छ ।  बिहिबार साँझदेखि सुरु भएकाे हिमपात अहिले पनि जारी छ।

    पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भइसँगै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएपछि चिसो पनि बढेको छ । चिसोका कारण जनजीवन प्रभावित बनेको छ ।
    याे वर्ष जुम्लामा तेस्रो पटक हिमपात भएको  हाे । हिमपातका कारण मानिससँगसँगै पशुचौपायलाई पनि समस्या भएको छ ।

    जुम्लाको अधिकांश क्षेत्रमा बिहीबारदेखि हिमपात भएपछि आधा फिटसम्म हिउँ जमेको छ । लेकाली क्षेत्रमा झण्डै एक फिट बढी हिउ जमेको छ ।

    हिमपातका कारण जुम्लामा बत्ती र  इन्टनेट सेवा पनि अवरुद्ध भएको छ । चिसोका कारण दैनिकी कष्टकर बनेको चन्दननाथ नगरपालिकाका मनोज नेपालीले बताए ।

    जुम्लामा स्याउ लगाउने  र स्याउका बिरुवा काँटछाट गर्ने समय भएकाले किसानका लागि भने सहज भएकाे छ ।

    272338361_937568023820043_7245221844014316315_n.jpg
    undefined
    273080443_1073801923183196_2293663219651123832_n.jpg
    undefined
    259265173_941998756675742_5414262065094523007_n.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार