Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सिरिया द्वन्द्व: अमेरिकी कारबाहीमा इस्लामिक स्टेटका वरिष्ठ नेता मारिए


    शुक्रबार, माघ २१ २०७८
    620
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । उत्तरी सिरियामा अमेरिकाले गरेको एउटा कारबाहीमा इस्लामिक स्टेट (आईएस) समूहका एकजना वरिष्ठ उपप्रमुख मारिएको अमेरिकी अधिकारीहरूले बताएका छन्।

    अमेरिकी कारबाहीमा आफू बच्न नसक्ने अवस्थामा पुगेपछि आईएस समूहका नेता अबु इब्राहिम अल-हाशिमी अल-कुरेशीले एउटा आत्मघाती विस्फोटन गराएर आफू र आफ्नो परिवारको ज्यान लिएको बताइएको छ।

    अमेरिकी राष्ट्रपति जो बाइडनले उक्त कारबाहीका क्रममा सर्वसाधारणलाई सकेसम्म जोगाउने कोसिस गरिएको बताएका छन्।

    गोलाबारीपछि अमेरिकी विशेष दलका सैनिकहरूले अबु इब्राहिमलाई उनी लुकेको स्थानमा घेरा हालेका थिए। त्यसपछि उनले आफैँले विस्फोटन गराएर आफू र परिवारको ज्यान लिएको बताइएको छ।

    अमेरिकी राष्ट्रपति जो बाइडनले बिहीबार मध्यरातको उक्त छापामार शैलीको कारबाहीबारे जानकारी दिएका छन्। इब्राहिमको अन्त्यले ‘विश्वका लागि ठूलो आतङ्कवादी खतरा हटाएको’ बाइडनले बताएका छन्।

    अमेरिकी अधिकारीहरूले मारिएका आईएस नेताको नाम उल्लेख नगरी महिनौँको योजनामा भएको उक्त कारबाहीको नाटकीय विवरण दिएका छन्।आईएसले हालसम्म उक्त घटनाबारे सार्वजनिक टिप्पणी गरेको छैन।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार