Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एन्फा कार्यसमिति बैठक सकियो


    बिहिबार, माघ २० २०७८
    800
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीबार बसेको कार्यसमितिको बैठक सकिएको छ । 

    बिहान साठे ११ बजे एन्फा मुख्यालय सातदोबाटोमा सुरु हुने भनिए पनि बैठक ढिला गरि बसेको थियो । 

    कार्यसमितको बैठकमा उपाध्यक्ष वीरबहादुर खड्काले वित्तीय निर्देशक निरञ्जन शाहले गरेको भनिएको आर्थिक हिनामिनामाथिको छानविनको प्रतिवेदन बुझाएका थिए । 

    प्रतिवेदन बुझेका महासचिव इन्द्रमान तुलाधर भने केहि दिनमा बुझेर निलम्बन गर्ने आश्वासन दिएका थिए । 

    यस्तै निर्वाचन निर्देशिका समेत पास गरिएको छ । 

    यस्तै नेपाल सुपर लिग (एनएसएल) को विषय र सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत नेपाल पुलिस र मछिन्द फुटबल क्लबबीच खेलमा लिष्टमा नभएको खेलाडी राखिएको विषयको छानविन प्रतिवेदन भने प्रस्तुत नै भएनन् । 

    विस्तृत विबरण भने एन्फाले केहि समयपछि सार्वजनिक गर्नेछ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार