Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज थपिए ३ हजार १७५ जना कोरोना संक्रमित, १४ जनाको मृत्यु


    बिहिबार, माघ २० २०७८
    950
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार १७५ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार विहीबार कुल १२ हजार ६०५ जनाको परीक्षण गर्दा ३ हजार १७५ जनामा कोरोना भाइरस (कोभिड -१९ ) को संक्रमण पुष्टि भएको हो ।
    त्यसैगरि पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न अस्पतालबाट गरी ८ हजार ७२३ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
    यसैगरी मन्त्रालयका अनुसार आज थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको ११ हजार ७७८ संख्या पुगेको छ।

    हाल देशभर ६३ हजार २६९ जना सक्रिय संक्रमितहरु रहेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार