Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • २८ माघसम्म लम्बियो काठमाडौं जिल्ला अदालतको सेवा संकुचन


    बिहिबार, माघ २० २०७८
    860
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं जिल्ला अदालतले आफ्नो सेवा संकुचनको समयावधि २८ माघसम्म लम्ब्याएको छ । 

    अदालतको बिहीबार बसेको पूर्ण बैठकले ५ माघको पूर्ण बैठकको निर्णय बमोजिम भएको सेवा संकुचनलाई निरन्तरता दिई २८ माघसम्म सोही निर्णय बमोजिमका काम कारवाही तथा सेवाहरू मात्र प्रवाह गर्ने निर्णय गरेको हो । 

    कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन लगायतका विभिन्न भेरियन्टबाट न्यायाधीशहरू, कर्मचारी संक्रमित भएको र यस अवस्थामा स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै कोभिड संक्रमणको जोखिम न्यूनिकरण गर्न भन्दै ५ माघको पूर्ण बैठकले ६ माघदेखि १८ माघसम्म सेवा संकुचन गर्ने निर्णय गरेको थियो । सोही निर्णयलाई बिहीबार बसेको पूर्ण बैठकले २८ माघसम्म निरन्तरता दिने निर्णय गरेको गरेको हो । 

    ‘मुद्दा÷निवेदन दर्ता गर्ने सम्बन्धमा अत्यावश्यक भएमा मात्र अदालतमा उपस्थित भई सेवा लिन र तारिख लिने लगायतका सेवाहरू लिने क्रममा जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गरी भिडभाड हुन नदिई सामाजिक दुरी कायम गरिदिन’ अदालतले भनेको छ । 

    272919487_2098204407008861_5547264877494202936_n (1).png

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार