Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • त्रिभुवन विमानस्थलबाट एक किलो सुन र चार वटा मोबाइलसहित तीन जना पक्राउ


    बिहिबार, माघ २० २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक किलो १५५ ग्राम सुन र चार वटा मोबाइलसहित तीन जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा हिमालय एयरलाइन्स र एयर अरेबियाको विमानबाट दुबई र सारजहाबाट गौर नगरपालकिा-१० रौतहट सोबगाढाका ३२ वर्षीय सुनील कुमार साह, मकवानपुर मनहरी-७का २८ वर्षीय नवराज परियार र भोटेकोशी गाउँपालिका-३ सिन्धुपाल्चोकका ३९ वर्षीय दावा छिरिङ शेर्पा रहेका छन् ।

    बिहीबार विमानस्थल पक्राउ परेका साहको साथबाट चारवटा आइफोन १३ प्रो म्याक्स तथा एक-एक वटा ५० ग्राम सुनको बेरूवा औंठी र सिक्री बरामद गरेको छ भने परियारको साथबाट एक वटा आइफोन १३ प्रो म्याक्स तथा दुईवटा ५० ग्राम सुनको बेरूवा औंठी बरामद गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार