Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेटवर्किङ व्यवसायमा संलग्न होटल सञ्चालक पक्राउ


    बिहिबार, माघ २० २०७८
    675
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दाङ । दाङमा नेटवर्किङ व्यवसायमा संलग्न तीन जनालाई पक्राउ गरिएको छ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार पैसा दोब्बर हुने भन्दै अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको हो।

    ठगी गरेको भन्दै पीडितले उजुरी दिएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार रु १७ हजार ठगी गरेको भन्दै उजुरी परेपछि रोल्पा घर भई घोराही बस्ने तीन जनालाई पक्राउ गरिएको हो।

    तीनै जना होटल सञ्चालक भए पनि उनीहरुको नाम भने गोप्य राखिएको छ।

    उनीहरुले दुई महिनामा पैसा दोब्बर हुने भन्दै प्रतिव्यक्ति रु १५ देखि १८ हजारसम्म हाइफर र साफिरलगायतमा लगानी गर्न भनेर अनलाइन नेटिवर्किङबाट अवैध कारोवार गर्दै आएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार