Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लेक लागेर एक जनाको मृत्यु


    बिहिबार, माघ २० २०७८
    785
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पाँचथर । पाँचथरमा लेक लागेर एक जनाको मृत्यु भएको छ । पाँचथरको फालेलुङ गाउँपालिका-५ टुनीबोटेका ३१ वर्षीय विशाल मगरको फालेलुङ-५ धुपीडाँडामा लेक लागेर बिहीबार बिहान ३ बजे मृत्यु भएको हो ।

    भाइ विक्रम मगरसँग बुधबार भारतसँगको सीमा क्षेत्र आहालमा रहेको चौंरी गोठतर्फ लागेका विशाल घरबाट करिब १५ किलोमिटरमाथि हिमपातका कारण गोठतर्फ जान नसकी घर फर्केका थिए । तर, घर फर्कने क्रममा घुपीडाँडा आइपुग्दा लेक लागेर बेहोस भएका उनको बिहीबार  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

    घटनाको जानकारी पाएपछि प्रहरी चौकी प्राङबुङको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार