Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बैतडीको हवाई सेवा एक महिनादेखि बन्द


    बिहिबार, माघ २० २०७८
    790
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बैतडी । बैतडीको हवाई सेवा एक महिनादेखि बन्द रहेको छ ।  गत पुस १६ गते बैतडी–धनगढी  उडान भए पनि त्यसपछि बन्द रहेको हो ।  साताको एक दिन शुक्रबार बैतडीबाट धनगढीसम्म समिट एयरले उडान भर्दै आएको थियो ।
        
    नियमित रुपमा  उडान हुने गरेकामा हाल यात्रु नपाउँदा बन्द रहेको नागरिक उड्डयन कार्यालय पाटनका वरिष्ठ अधिकृत दीपक भट्टले बताए ।  उनले भने, “यात्रु नहुँदा नियमित उडान गर्न सकिएको छैन्, मौसम खराबीका कारण यात्रुले हवाई यात्रा नगरेको देखिएको छ ।”

    मौसम सफा हुँदै गएकाले अब केही दिनपछि नियमित उडानको तयारी भएको जनाइएको छ । अठार यात्रु क्षमताको समिट एयरको जहाजका लागिसमेत यात्रु नहुँदा समस्या भएको छ ।  उनले भने, “दैनिक ५÷७ जनाले मात्र हवाई यात्रा खोज्ने गरेका छन्, १४÷१५ जनासम्म पुगेपछि उडान गर्न सकिन्छ  ।”  

    वि स २०३२ सालमा पाटनमा विमानस्थल निर्माणको काम सुरु भएर २०३५ सालदेखि हवाई सेवा सुरु भएको थियो। पछि २०५२ सालदेखि विमानस्थल बन्द भएको थियो । त्यतिबेला पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो । २०५८ सालमा तत्कालीन विद्रोही माओवादीले विमानस्थलको टावरमा आगो लगाएर ध्वस्त बनाएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार