Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • कांग्रेसका वडा सभापति हातहतियार मुद्धामा पक्राउ


    बिहिबार, माघ २० २०७८
    1000
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सोलुखुम्बु । नेपाली कांग्रेस थुलुङ दूधकोशी गाउँपालिका- ७ का वडा सभापति मिलनकुमार राई पक्राउ परेका छन् ।

    काठमाडौ जिल्ला अदालतको पक्राउ पूर्जीको आधारमा उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक ऋषिराज ढकालले जानकारी दिए ।

    हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा अनुसन्धानमा मुद्दा परेपछि राई पक्राउ परेका हुन् ।

    हातहतियार खरखजना ऐन २०१९ तथा मुलुकी अपराध संहिता ऐन २०७४ को भाग २ को परिच्छेद ६  अनुसार कसुरदारलाई ३ वर्षसम्म कैद तथा ३० हजारसम्म जरिवाना हुने कानुनी व्यवथा छ ।  

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार