Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सातै प्रदेशमा फैलियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’


    बिहिबार, माघ २० २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । कोरोना महामारीको तेस्रो लहरसँगै आएको नयाँ भेरियन्ट ओमिक्रोन सबै प्रदेशमा फैलिएको छ ।

    पछिल्लो अवस्थामा कोरोनाको नयाँ भेरियन्ट सबै प्रदेशमा फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्रले जानकारी दिइन् ।

    ‘अझै खोप लगाउन बाँकी हुनुहुन्छ । संक्रमणको नयाँ भेरियन्टको जोखिम छ, सबै प्रदेशमा ओमिक्रोन भेरियन्ट फैलिएको छ,’ प्रवक्ता मिश्रले भनिन् ।उनले २४ वा नमुनाको जिन सिक्वेन्सिङ गर्दा २१ जनामा ओमिक्रोन र तीन जनामा डेल्टा भेरियन्ट पुष्टि भएको बताइन् । डा. मिश्रको अनुसार हालसम्म कोरोना संक्रमणदर ३३.९ प्रतिशतमा झरेको छ ।

    हाल कोरोना संक्रमणदर घटे पनि जोखिम भने कायमै रहेको उनले बताइन् । पछिल्लो एक सातादेखि नेपालमा कोरोना संक्रमण दर घट्दो क्रममा छ ।

    बुधबार मात्रै थप ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण देखिएको थियो । मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट एकै दिन १२ जनाको मृत्यु भएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार