Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मध्यपहाडी लोकमार्ग निर्माणमा चरम ढिलासुस्ती, २५ वटा पुल र २३६ किमी सडक ठेक्काकै प्रक्रियामा


    बिहिबार, माघ २० २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्य–पहाडी) राजमार्ग निर्माणमा चरम ढिलासुस्ती देखिएको छ । आयोजनाको निर्माण सम्पन्न हुने अवधि करिब डेढ वर्ष मात्र बाँकी हुँदा पनि अझै ४० प्रतिशत बढी निर्माण कार्य बाँकी रहेको छ ।

    आयोजनाको अहिलेसम्मको भौतिक प्रगति ५९.४२ प्रतिशत मात्र रहेको छ । अझै दुई दर्जन पुल तथा करिब साढे २ सय किमी सडक ठेक्कासमेत लाग्न बाँकी रहेकाले अबको डेढ वर्षमा निर्माण कार्य सम्पन्न हुन कठिन देखिएको छ ।

    आर्थिक वर्ष २०६४÷६५ मा सुरु भएर आर्थिक वर्ष २०७९-८० मा सम्पन्न हुनुपर्ने आयोजनाको निर्माण कार्यमा भएको ढिलासुस्तीले निर्धारित समयमा निर्माण कार्य सम्पन्न नहुने देखिएको हो ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कुल १८ सय ७९ मध्ये ६ सय ८५ किलोमिटर आयोजनाबाट र ४ सय ६२ किलोमिटर अन्य निकायबाट गरेर ११ सय ४७ किमी कालोपत्रे सम्पन्न भएको जनाएको छ ।

    मन्त्रालयले १ सय ३७ पुलमध्ये ९१ वटा पुल सम्पन्न भएको जनाएको छ । मन्त्रालयका अनुसार ४ सय ९४ किमी सडक र २१ वटा पुल निर्माणाधीन अवस्थामा रहेका छन् । राजधानी दैनिकबाट 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार