Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कंगोको एक बजारमा बिजुलीको तार खस्दा २६ जनाको मृत्यु


    बुधबार, माघ १९ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कंगोको एक बजारमा बिजुलीको तार खस्दा करेन्ट लागेर कम्तिमा २६ जनाको मृत्यु भएको छ । 

    उच्च भोल्टेजको तार बुधबार राजधानी किन्शासा नजिकैको घर र किनमेल गरिरहेका मानिसहरुमाथि खसेको थियो । 

    सामाजिक सञ्जालमा पोस्ट गरिएको अप्रमाणित फुटेजमा पानीको पोखरीमा धेरै शवहरू देखिएको बीबीसीले जनाएको छ । 

    बिजुलीको तार के कारणले खस्यो भन्नेबारे स्पष्ट भएको छैन । 

    तर एक विज्ञप्तिमा कङ्गोको राष्ट्रिय बिजुली कम्पनीले चट्याङले तरको एक भागलाई प्रहार गर्दा जमिनमा खसेको थियो ।  एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार