Nepal Face
  • आइतबार, १० साउन २०८३
  • खोटाङमा ट्याक्टर दुर्घटना:एक जनाको मृत्यु


    बुधबार, माघ १९ २०७८
    715
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बुधबार बिहान रावाबेशी गाउँपालिका-५ भदौरेस्थित सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो ।

    ढुंगा बोक्न जाँदै गरेको प्रदेश २-०३-००१ त ३२९४ नम्बरको ट्याक्टर दुर्घटनामा पर्दा रावाबेशी-५ का रोशन बिकको मृत्यु भएको हो । ट्याक्टरबाट लडेर चक्काले किची उनको घटनास्थलमै मृत्यु भएको थियो ।

    ट्याक्टर र चालक रावाबेशी-३ का रोशन भुजेललाई इलाका प्रहरी कार्यालय ऐंसेलुखर्कले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार