Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • डीआईजीका घुमुवाको असुली आतंक, नाका नाकामा तस्करसँग सेटिङ


    बुधबार, माघ १९ २०७८
    1.7K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • बारा । मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी उमेश रंजितकारले जिल्ला जिल्लामा परिचालन गरेका घुमुवाहरुले उनको नाममा असुली आतंक मच्चाएका छन् । मधेश प्रदेशका डीआइजी रंजितकारको घुमुवाको रुपमा बारामा परिचालन गरिएका प्रहरी जवान संजय जैसवालले नै तस्करहरुबाट महिनवारी लिएर तस्करी गराउने गरेको खुल्न आएको छ ।

    अपराधिक गतिबिधि नियन्त्रण गर्न प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएका घुमुवा जैसवालकै कारण जिल्लाका बिभिन्न नाकाहरुबाट तस्करी मौलाउँदै गएको हो ।

    सिम्रौनगढ, कचोर्वा, पचरौता, सन्तगन्ज, सन्फुलवा, बेल्दारी, बसतपुर, मटिअर्वा, बलिरामपुर मुसहर्वा लगाएतको छोटी नाकाहरुबाट तस्करका विभिन्न समूहले खाद्यान्य, कस्मेटिक, मेसिनरी सामान, रंगा, भैसीको निर्धक रुपमा भित्र्याउने गरेका छन् ।

    बलिरामपुर मुसहर्वा नाकाबाट संतोष गुप्ता, सुरेन्द्र जैसवाल, जयप्रकाश महतो, मनोज यादवलगायतले राती राति राँगा र भैंसीहरु भित्र्याउने गरेका छन् ।

    प्रदेश प्रहरी प्रमुख डीआईजी उमेश रंजितकारको घुमुवाको रुपमा बारामा परिचालन गरिएका प्रहरी जवान संजय जैसवाल मार्फत् प्रतिमहिना राँगा र भैंसी भित्र्याउने समूहले सात लाखसम्म महिनवारी दिने गरेका तस्कर समूहका एक सदस्यले बताएका छन् । स्रोतका अनुसार खेना नाम गरेका तस्करबाट प्रहरी घुमुवा जैसवालले जिल्ला र प्रदेश प्रहरी प्रमुखको नामबाट पाँच लाख रुपैया महिनवारी समेत बुझदै आएका छन् ।

     भारतको घोडासहन घर भएका भोला नाम गरेका तस्करबाट समेत घुमुवा जैसवालले पाँच लाख महिनवारी बुझाउने शर्तमा लाईन दिएका छन् ।

    महोत्तरी दरबन्दी भएका प्रहरी जवान जैसवालले भैसी र राँगा तस्करसँग लिएको महिनवारी रकमबाट बारा प्रहरी र डिआईजीलाई मिलाउने कामको जिम्मा लिएका छन् ।

    जितपुरका सरोज श्रीवास्तवलाई  महिनवारी दररेट तोकेर भारतबाट अबैध रुपमा कपडाहरु ल्याउने लाइन दिएका तस्करहरुले बताएका छन् । श्रीवास्तवलाई मासिक ६ लाख घुस तोकिएको स्रोतको दाबी छ ।

    मासिक दररेट तोकेरै भारत बिहार अगर्वाका अरबिन्द यादवले हुण्डीको साथसाथै छोगडा र मरिचको समेत अबैध रुपमा कारोबार गर्न शुरु गरेका छन् । स्रोतका अनुसार घुमुवा जैसवालले उनलाई मासिक ८ लाख घुस दिने सर्तमा लाइन दिएका छन् ।

    जिल्लामा तस्कर समूह सक्रिय बन्दै गएपछि तस्करीको सामाचार आउन नदिने ठेक्का केही ब्यक्तिहरुले लिएर घुमुवा जैसवाल र तस्कर समूहहरुसँग समेत महिनावारी समेत लिने गरेका तस्करहरुले बताएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार