Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • मंगलगढी–काँक्रेबिहार सडकको स्तरोन्नति सुरू


    बुधबार, माघ १९ २०७८
    590
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सुर्खेत । सुर्खेतको पर्यटकीय महत्वको मंगलगढी–काँक्रेबिहार सडकको स्तरोन्नति सुरू गरिएको छ।

    स्थानीयको अवरोध, बन्दाबन्दीलगायत कारणले गत वर्षदेखि रोकिएको स्तरोन्नति कार्य थालिएसँगै सडक क्षेत्रभित्रका ३६ घरटहराहरू भत्काइएका छन्।

    वीरेन्द्रनगर-९ का वडाध्यक्ष सुरेश मानन्धरले सडक क्षेत्रभित्रको मापदण्डमा पर्ने आंशिक र पूर्ण गरी ३६ घर भत्काइएको बताए।

    वडा कार्यालयको समन्वयपछि स्थानीयले सडक विस्तारका लागि घर भत्काउन सहमति दिएको उनको भनाइ छ।

    घर भत्काइएपछि निर्माण कम्पनीले सडक फराकिलो पार्न तथा नाला बनाउन थालिएको छ।

    त्यस्तै, विद्युतका पोलहरू पनि सार्न थालिएको छ। 

    कर्णाली प्रदेश सरकारको सहयोगमा निर्माण भइरहेको यो सडक चालू आवमा ग्राभेल मात्र गर्ने योजना छ।

    सडक पूर्वाधार निर्देशनालयका अनुसार २५ मिटर चौडाई, दुई मिटर फुटपाथ क्षेत्र बनाइनेछ।

    १८ महिनाभित्र काम सक्ने गरी १२ करोड ७६ लाख १५ हजार रुपैयाँमा अमर सिस्ने नेपाल मेघा जेभीले स्तरोन्नतिको ठेक्का लिएको हो।

    कम्पनीलाई वि.सं २०८० असार १५ गतेभित्र सडक स्तरोन्नति गरिसक्नुपर्ने कार्यादेश दिइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार