Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चरेससहित पक्राउ परेका अभियुक्तलाई टाँडी प्रहरीले अझै गरेन सार्वजनिक


    बुधबार, माघ १९ २०७८
    520
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • चितवन । चितवन प्रहरीले झन्डै एक सय ८४ किलो ३५० ग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको साँढे दुई महिना बितिसक्दा समेत हालसम्म अभियुक्तहरुलाई सार्वजनिक गरेको छैनन् ।

    ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका  प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले अभियुक्तहरुलाई सार्वजनिक गर्न नचाहेका हुन् ।

    डिएसपी रानाको कमान्डमा खटिएको प्रहरीको टोलीले दुई महिना २१ दिन अघि रत्ननगर नगरपालिका ३ शान्तिचोक स्थित जनप्रिय टोलमा रहेको स्थानीय विष्णु पन्तको घरमा गोदाम बनाई लुकाइराखेको अवस्थामा चरेस सहित ३ जनालाई पक्राउ गरेको थियो । 

    पक्राउ पर्नेहरूमा रत्ननगर नगरपालिका १५ बस्ने बर्ष ३२ का उद्वव अधिकारी, लमजुङ बस्ने २५ बर्षीया सुजन गुरुङ, सोही ठाउँ बस्ने बर्ष २३ को सुजन सार्की रहेका थिए ।

    प्रहरी स्रोतका अनुसार स्थानीय बिष्णु पन्तको घरलाई सोही नगरपालिकाको वडा नं १५ निवासी उद्धव अधिकारीले गोदामका रुपमा प्रयोग गर्दै आएका थिए । गोदाम गरिएको उक्त स्थानमा अवैध चरेस लुकाइराखेको भन्ने सूचना प्राप्त भएपश्चात टाँडीका प्रहरी प्रमुख रानाको कमान्डमा खटिएको टोलीले ३२ वटा कार्टुनमा १९२ वटा चेवनपरासको भाँडामा राखिएको अवस्थामा चरेस बरामद गरिएको थियो । 

    तर, प्रहरीले भने अझै पनि अनुसन्धानकै सिलसिलामा रहेकोले केही बताउन नमिल्ने बताउँदै आएको छ । पक्राउ परेकाहरूलाइ अहिलेसम्म पत्रकार सम्मेलनमार्फत प्रहरीले सार्वजनिक गरेको भने चाहिरहेका छैनन् ।

    उनै डिएसपी राना हाकिमलाई खुशी बनाएकै आधारमा पटकपटक पुरास्कृत हुने गरेको छ । एसपी ओम प्रसाद अधिकारीका बिश्वासपात्र समेत रहेका डिएसपी राना कार्य क्षमतामा अत्यन्तै कमजोर भए पनि हाकिमको चाकडी गरेकै भरमा पौष महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषित भएका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार