Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ‘लाखे’ मा प्रशान्त ‘भिलेन’


    बुधबार, माघ १९ २०७८
    875
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्म ‘लाखे’मा अभिनेता प्रशान्त ताम्राकार भित्रिएका छन् । फिल्मको मुख्य भिलेन भूमिकाको लागि उनी अनुबन्धित भएका हुन् ।

    यसअघि भिलेनको भूमिकामा कलाकार सुनिल थापा छनोट भएका थिए । तर, थापाले बलिउड फिल्ममा अभिनय गरिरहेका कारण ‘लाखे’लाई समय दिन नसक्ने भएपछि निर्माण पक्ष र थापाकै सहमतिमा ताम्राकारलाई अनुबन्धित गरिएको हो ।

    अभिनेता ताम्राकार ‘लाखे’ मा जोडिन पाउदा खुसी लागेको बताएका छन् । ‘लाखे’ मल्टिस्टार कलाकारले भरिएको फिल्म हो,’ ताम्राकारले भने, ‘एकसाथ धेरै स्टार कलाकारसँग काम गर्न पाउदा निकै खुसी लागेको छ ।’ फिल्ममा आफुले सक्दो नयाँ र राम्रो काम गर्न कोसिस गर्ने ताम्राकारले सुनाए ।

    सम्राट बस्नेत निर्देशित फिल्म ‘लाखे’को काठमाडौं उपत्यकाका विभिन्न स्थानमा छायांकन भइरहेको छ । फिल्ममा अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, बर्षा राउत, रोहित रुम्बालगायतका कलाकारको अभिनय छ ।

    ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता सिजन अर्याल हुन् । कथासमेत निर्माता अर्यालकै रहेको फिल्मको गणेश मल्ल ठकुरी प्रस्तुतकर्ता रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार