Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नक्कली पीसीआर रिपोर्ट बनाउने अस्पतालका कर्मचारी पक्राउ


    बुधबार, माघ १९ २०७८
    810
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ ।  नक्कली पीसीआर रिपोर्ट बनाउने कान्तिपुर अस्पताल र नागरिक कम्युनिटी टिचिङ हस्पिटलका कर्मचारी पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार भक्तपुरको मध्यपुर थिमीमा रहेको  नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेड र काठमाडौंको तीनकुनेमा रहेको कान्तिपुर अस्पतालका कर्मचारीलाई पक्राउ गरेको हो ।
    वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूका लागि ती अस्पतालबाट स्वाबको नमुनासमेत नलिई नक्कली पीसीआर रिपोर्ट बनाउने काम भएको महाशाखाले जनाएको छ ।
      नागरिक कम्युनिटी टिचिङ हस्पिटल र कान्तिपुर अस्पतालले वैदेशिक रोजगारमा जाने व्यक्तिहरुका लागि नेपाल सरकारले तोकेभन्दा बढी रकम लिर्इ नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको रहस्य पत्ता लागेको छ ।

    नागरिक कम्युनिटी टिचिङबाट जारी भएको ८ थान नक्कली पीसीआर रिपोर्टसहित सो अस्पतालका कर्मचारी रोशन कुमार छिट्टानलाई एयरपोर्टबाट, अर्का कर्मचारी हस्पिटलबाट र यस्तै, कान्तिपुर अस्पतालका कर्मचारीको परिचयपत्र भएका नगेन्द्र कुमार यादवलाई १७ थान नक्कली पीसीआर रिपोर्टसहित प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

    सोही अस्पतालका ल्यावका कर्मचारी माधव मैनाली पनि ४ थान नक्कली पीसीआर रिपोर्टसहित पक्राउ परेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार