काठमाडाैं । पछिल्लो समय एमसिसी संसदमा पेश गर्ने विषयलाई लिएर राजनीति तरंगित भइरहकाे बेला प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।
आज बालुवाटारमा गृहमन्त्री बालकृष्ण खाण र सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी भएकाे भेटवार्तामा स्थानीय तह चुनाव, एमसिसीलगायत विषयमा छलफल भएको स्रोतले बताएकाे छ ।
प्रधानमन्त्री देउवाले निर्वाचन आयोगका पदाधिकारीहरूसँग जेठ ४ मा स्थानीय चुनाव गर्ने बताएका थिए।