Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको मूल्य ताेलामा ३०० रुपैयाँ बढ्यो


    बुधबार, माघ १९ २०७८
    750
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । सुनको भाउ बुधबार प्रतितोला ३०० रुपैयाँले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९२ हजार २०० रुपैयाँ कायम भएको छ । मंगलबार भने छापावाल सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

    यसैगरी, बुधबार तेजावी सुनको भाउ तोलाको ९१ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । 

    चाँदीको मूल्य पनि बढेको देखिन्छ  । मंगलबार एक हजार २४० रुपैयाँमा  कारोबार भएको चाँदी बुधबार १५ रुपैयाँको दरले बढेर प्रतिलोलाको  एक हजार २५५ रुपैयाँ  निर्धारण भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार