Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • मन्त्रीलाई ‘हनीट्र्याप’ मा फसाउने जोडीको योजना, मोडलले खुलाइन् वास्तविकता


    बुधबार, माघ १९ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । बलिउड मोडल गुनगुन उपाध्यायलाई आत्महत्या गर्न बाध्य पारेको प्रकरणमा भारतस्थित राजस्थान प्रहरीले एक जोडीलाई पक्राउ गरेको छ । भीलवाडाका एक मन्त्रीलाई हनीट्र्यापमा फसाउन पति–पत्नीले मोडललाई ब्ल्याकमेल गरेको प्रहरीको आरोप छ। 

    रिपोर्टका अनुसार पक्रुआ पर्नेहरुमा अक्षत र दिपाली रहेका छन् । यसअघि आइतबार जोधपुरमा छतबाट हाम फालेर आत्महत्या गर्ने प्रयास गरेकी मोडलले होश आएपछि प्रहरीसमक्ष बयान दिएकी थिइन् ।

    जोधपुरका प्रहरी उपायुक्त (पूर्व) भुवनभूषण यादवको भनाइलाई उधृत गर्दै भारतीय मिडियाहरुले लेखेका छन्, ‘हामीले मोडललाई ब्ल्याकमेल गरेको आरोपमा अक्षत र दिपालीलाई पक्राउ गरेका छौँ । ती दुवैले युवतीलाई भिलवाडाका एक मन्त्रीलाई हनीट्र्यापमा फसाउन दबाब दिइरहेका थिए ।’

    श्रीमान् श्रीमतीले नुहाउने क्रममा मोडलको भिडियो खिचेको र सोही आधारमा मन्त्रीलाई हनिट्र्यापमा फसाउन दबाब दिएको प्रहरी अधिकारीले बताए । मोडलिङका क्रममा ती मोडल यी दुबैको सम्पर्कमा आएकी थिइन् ।

    गत हप्ता अक्षत र दिपालीले मोडलिङको नाममा मोडललाई भीलवाडा लगेर मन्त्रीसँग सुत्न भनेका थिए । तर युवतीले त्यसो गर्न मानिन् र आइतबार जोधपुर गइन् । बाटोमा मोडलले आफ्नो बुवा र भाइलाई घटनाबारे सुनाइन् र आत्महत्या गर्न लागेको बताएकी थिइन् ।

    प्रहरीका अनुसार बालिकाका बुवाले फोनमा घर फर्किन मनाउन खोजे तर जोधपुर पुगेपछि होटलको टेरेसबाट हाम फालेकी थिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार