Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • साेनाम ल्हाेसारले साँस्कृतिक ऐक्यबद्धता बढाउन योगदान पुर्‍याउने सभामुखकाे विश्वास


    बुधबार, माघ १९ २०७८
    780
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले तामाङ समुदायको नयाँ वर्ष २८५८ एवं सोनाम ल्होछार (ल्हाेसार)को अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन् । 

    तामाङ, ह्योल्मो लगायतका हिमाली समुदायले मनाउने सोनाम ल्होछारको आफ्नै विशेषता र महत्व रहेकाे बताउँदे सभामुख सापकाेटाले चन्द्र पात्रोमा आधारित यो नयाँ बर्षसँगै आजदेखि बाघ वर्ष सुरु भएको बताएका छन् ।

     ‘यस पर्वले सामुदायिक एकत्व, आपसी हित, भातृत्व र सामाजिक एवं साँस्कृतिक ऐक्यबद्धता बढाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएको छु । भिन्न–भिन्न जात जातिले मनाउने पहिचान सहितका हाम्रा मौलिक चाड पर्वहरुको संरक्षण र सम्वर्द्धन गर्नु हामी सबैको साझा दायित्व हो,’ उनले भनेका छन् ।

    सापकाेटाले कोरोना भाइरसको महामारी कायम रहेकोले चाडपर्व मनाउँदा उच्च स्वास्थ्य सतर्कता अपनाउन अपिल गरेका छन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार