Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेले गठबन्धन भत्काउन खोजेको प्रचण्ड, नेपाल र यादवको आरोप


    बुधबार, माघ १९ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । सत्ता सहयात्री दलहरूले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पाँच दलीय गठबन्धन भत्काउन लागि परेको आरोप लगाएका छन् । 

    माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी दल एमाले जसरी पनि गठबन्धन भत्काउन लागि परेको निष्कर्षमा पुगेको आरोप लगाएका हुन्। 

    एमालेले अहिलेको सरकारलाई जसरी पनि असफल पार्ने र गठबन्धन भत्काएर निर्वाचनमा जान चाहेको विश्लेषणसहित उनीहरूले आउँदै संघीय संसद्को निर्वाचनसम्म गठबन्धन कायम रहने दाबी गर्दै आएका छन् । 

    एक सातायता सत्ता सहयत्रीबीच उत्पन्न चिसोले भने गठबन्धन भत्किन सक्ने शंकालाई बल पुगेको छ ।

    आउँदै संघीय संसद्को निर्वाचनसम्म गठबन्धन कायम रहने र त्यसमा काँग्रेस प्रतिबद्ध रहेका भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले आश्वासन दिए पनि उनको पार्टीभित्र यस विषयलाई लिएर चर्को असन्तुष्टि छ । 

    साथै एमसीसीको विषयमा पनि सत्ता सहयात्री दलभित्र किचलो बढेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार