Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मेलम्ची क्षेत्रका बाढीपहिरो पीडितद्वारा दीर्घकालीन आवास र पुन: स्थापनाको माग


    मंगलबार, माघ १८ २०७८
    955
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौ । सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रका बाढीपहिरो पीडितहरूले दीर्घकालीन आवास र पुनस्थापनाको माग गरेका छन् ।

    हेलम्बु बाढीपहिरो पीडित सरोकार समितिले मंगलबार मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशकलाई ६ बुँदे माग सहितको ज्ञापनपत्र बुझाएको छ ।  बाढीबाट विस्थापित समुदाय अहिले पनि तटीय क्षेत्रमा बस्नुपरेको कारण विस्थापित परिवारहरूको तत्काल वैकल्पिक व्यवस्था सहित दीर्घकालीन आवास र पुनस्थापनाको व्यवस्था गर्न सरोकार समितिले माग गरेको छ । 

    समितिले मेलम्ची खानेपानीको सुरुङको मुहान सफा गर्दा निस्किएका ढुङ्गा, बालुवा, गिट्टी आदि आयोजना आसपास क्षेत्रमा भण्डारण गर्दा पुनः तटीय क्षेत्र उच्च जोखिम रहने भन्दै ती सामग्री सुरक्षित स्थानमा भण्डारण गर्न माग गरेको छ । बाढीले पुरिएको मेलम्ची खानेपानीको मुहान, बाँध लगायका क्षेत्रमा थुप्रिएको गेग्रान सफा गर्न थालिएसँगै बाढीपहिरो पीडित सरोकार समितिले ज्ञापनपत्र बुझाएको हो ।

    गत १ असार र १६ साउनमा मेलम्ची नदीमा आएको बाढीपहिरोले ठूलो जनधनको क्षति गरेको थियो ।  न्युज कारखाना

    melemchi.jpg.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार