Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पर्यटन मन्त्रालयद्वारा कनिष्ट र विवादितलाई नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक नियुक्ति


    मंगलबार, माघ १८ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा प्रदीप अधिकारी नियुक्त भएका छन् ।

    १२ औं तहका  ६ जना उपमहानिर्देशकलाई महानिर्देशक नबनाई ११ औं तहका कनिष्ट प्रदीप अधिकारीलाई संस्कृृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक बनाएको छ । 

     प्राधिकरणमा १२ औं तहका प्रतापबाबु तिवारी, भोला गुरागाई, देवचन्द्रलाल कर्ण, हंसराज पाण्डे, गोविन्द दाहाल र प्रेमनाथ ठाकुर गरी ६ जना छन् । तर मन्त्रिपरिषदले भने ११ औं तहका कनिष्ट प्रदीप अधिकारीलाई महानिर्देशक बनाएपछि बरिष्ठ ६ जनालाई नैतिक संकट आइलागेको छ । 

    सोमबारको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई प्राधिकरणको महानिर्देशकमा नियुक्त गरेको हो । 

    उनी यसअघि प्राधिकरणको राष्ट्रिय गौरव आयोजनाका  निर्देशक थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार