Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निर्वाचन आयोग भन्छ- स्थानीय चुनाव गर्न १२ अर्ब खर्च लाग्छ


    मंगलबार, माघ १८ २०७८
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं ।  निर्वाचन आयोगले आगामी जेठ ४ गते प्रस्ताव गरेको स्थानीय तहको निर्वाचनमा १२ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ ।

    निर्वाचन आयोगले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग परामर्श गर्दा स्थानीय चुनावका लागि १२ अर्ब खर्च हुने विवरण पेश गरेको हाे ।

    ०७४ सालमा तीन चरणमा स्थानीय तह निर्वाचन हुँदा ८ अर्बभन्दा बढी खर्च लागेको जानकारी गराउँदै यसपालि पनि एकै चरणमा निर्वाचन नगर्ने हो भने १२ अर्बभन्दा धेरै खर्च लाग्ने आयोगले बताएको हाे ।

    आज प्रधानमन्त्री देउवाले आयोगका पदाधिकारीहरूसँग छलफल गर्दा एकै चरणमा जेठ ४ मा स्थानीय तह निर्वाचन गर्ने समझदारी बनेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार