काठमाडाैं । सुदूरपश्चिमको दार्चुला र भारतलाई जोड्न महाकाली नदीमाथि मोटरेबल पुल बन्ने भएको छ।
मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ र काठमाडौंस्थित भारतीय राजदूत विनयमोहन क्वात्राले पुल निर्माणसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
सचिव श्रेष्ठका अनुसार पुल बनाउने सबै जिम्मा भारतीय पक्षको हो। भारतले अनुदानमा पुल बनाइदिन लागेको हो।
भारतीय पक्षले पुल निर्माणका लागि डिपिआर तयार भइसकेको र छिटै काम सुरू हुने जानकारी दिएको श्रेष्ठले बताए ।