काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोगका पदाधिकारीहरूलाई बोलाएका छन् ।
निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री देउवाले आज अपरान्ह ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा आयोगका पदाधिकारीलाई बोलाएका हुन् ।
‘प्रधानमन्त्रीले आयोगका पदाधिकारीसँग स्थानीय तहको चुनावबारे परामर्श गर्ने कार्यक्रम तय भएको छ,’ प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले भन्यो, ‘स्थानीय चुनावको मिति तय गर्नेबारे छलफल हुन्छ।’
सत्तारूढ गठबन्धनले जेठभित्रै स्थानीय तहको निर्वाचन गर्ने सहमति गरेका थिए।
आयोगले भने जेठ ५ भित्र स्थानीय चुनाव गरिनुपर्ने बताएको छ।