Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अबको ६० दिन गठबन्धन सरकारलाई खड्को, न्यायक्षेत्र पुनः शक्तिशाली बन्ने योग


    मंगलबार, माघ १८ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । माघ शुक्लपक्षको नवरात्र भोलि १९ माघ बुधबारदेखि प्रारम्भ हुँदै छ । नवरात्रमा देवी आगमन हुने वाहनका आधारमा विश्वमा हुने प्रमुख घटना तथा देशमा हुने अचानक परिवर्तन र त्यसले पार्ने समग्र आर्थिक, सामाजिक तथा राजनीतिकसम्बन्धी विभिन्न जानकारी यसैका आधारमा गर्नुपर्ने नियम रहिआएको छ ।

    एक वर्षमा आउने चार नवरात्रहरूको शास्त्रमा विशेष रुपमा  व्याख्या गरिएको छ । बुधबारदेखि नवरात्रको प्रारम्भ हुने भएकाले ज्योतिष शास्त्रमा बुध ग्रहलाई धन, वाणी र पारिवारिक सम्बन्ध हेर्ने विशेष जिम्मा रहेको शास्त्रमा उल्लेख छ  । त्यस्तै विद्या सम्बन्धी सम्पूर्ण जानकारी पञ्चम भावबाट हेरिने हुँदा पञ्चम भाव ज्ञान र द्वितीय भाव बुद्धिका रुपमा व्याख्या गरिएको छ ।

    अतः पञ्चम भावको कारक ग्रहले द्वितीय भावको कारक ग्रहसँग सत्रुतापूर्ण  सम्बन्ध राख्ने भएकाले यसपालि धनबाट प्रारम्भ हुने नवरात्रले पञ्चम भाव अर्थात् ज्ञानसँग प्रबल नकारात्मक सम्बन्ध बनाउने योग भएकाले पाँच दलीय गठबन्धनले धनसँग सम्बन्धित् कुनै कार्य बलपूर्वक अगाडि बढाउन खोजेमा अहिलेको साझेदारी अर्थात् गठबन्धनको सरकार पुनः कमजोर अवस्थामा पुग्ने योग निर्माण भएकाले यसको फाइदा स्वतन्त्र रुपमा रहेक अन्य दलहरूलाई पुग्ने देखिएको छ । 

    यसै समयमा शनि तथा मंगल ग्रहको सम्बन्ध हुने हुँदा लामो समयदेखि अलमलमा परेको न्यायक्षेत्र पुनः शक्तिशाली बन्ने योगसमेत छ । अबको ६० दिन यदि सावधानी अपनाउन खोजिएन भने पुनः देशमा राजनीति कोर्स परिवर्तन हुनेसम्मको योग निर्माण भएको विश्लेषण गरेको छु । 

    -सुरेशचन्द्र रिजाल

    (लेखक सुरेशचन्द्र रिजाल ज्योतिष तथा वास्तुविद् हुन् ।)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार