Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उपभोक्ता हकहितमाः उपभोक्ता जागरण अभियान


    मंगलबार, माघ १८ २०७८
    590
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । उपभोक्ताको हक हितमा काम गर्ने उद्देश्य बोकेर उपभोक्ता जागरण अभियान–नेपाल नामक संस्था जन्मिएको छ ।

    स्वार्थ एवं राजनीति प्रेरित उपभोक्तावादीहरुका कारण उपभोक्ताका हक–अधिकार वञ्चितिमा परिरहेको बेला वस्तु र सेवाका प्रदायकबाट गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको सवैधानिक अधिकार संरक्षण गर्ने जागरण अभियानले पहिलो उद्देश्य राखेको छ ।

    उपभोक्ता जागरण र स्वच्छ बजारका क्षेत्रमा नीतिगत तह र कार्य सञ्चालन स्तरमा योगदान पु¥याउने उद्देश्य राखी संस्था दर्ता गरिएको अभियानका संस्थापक अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीले बताए ।

    संस्थामा केन्द्रीयस्तरको समितिमा एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, दुई सचिव, एक सहसचिव, एक कोषाध्यक्ष र दुई जना सदस्य गरी ११ जना संस्थापकहरु रहेका छन् । समितिमा पूर्व प्रशासक, सञ्चारकर्मी, कानूनविद, साहित्यकार, बैँकर्स, सामाजिक कार्यकर्ता रहेका छन् ।

    उपभोक्तावादी संस्थाका अभियन्ताहरू स्वैच्छिक रूपमा सामाजिक सेवामा लागेको दाबी गरे पनि उनीहरुको कमाइ अपारदर्शी रहेको आरोप लगिरहेकोप्रति नयाँ संस्थाका लागि त्यसबाट जोगिने चुनौति रहेको छ । अधिकांश उपभोक्तासँग सम्बन्धित संघ संस्थाहरु वैधानिक कमिसनका लागि दौडधूप गरिरहेको पाइन्छ ।

    बजार अनुगमनका नामदेखि उजुरी हालिदिने धम्की दिएर समेत उनीहरूले खर्च जुटाउने गरेको पाइएको छ । उपभोक्तावादी संस्थाहरूबीच हुने अस्वस्थ प्रतिस्पर्धाले कालोबजारी, घूसखोरी, कृत्रिम अभाव, अचाक्ली मूल्यवृद्धि गर्नेहरु जोगिरहेको आरोप पनि छ ।

    नयाँ जन्मिएको संस्था उपभोक्ता जागरण अभियानका संस्थापक अध्यक्ष भण्डारीले उपभोक्तसँग सम्बन्धित संस्थाहरुलाई लागेका आरोपबार आफू पर्याप्त मात्रामा जानकार रहेको भन्दै उनले यस्ता आरोपहरुबाट आफ्नो संस्थालाई जोगाउँदै उपभोक्ताको अधिकारीका लागि मात्र क्रियाशील हुने बताए ।।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार