Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सैनिक अस्पतालले मेडिकल अधिकृतसहित ६८ जनशक्ति माग्याे, स्टाफ नर्स मात्रै ५० जना माग


    मंगलबार, माघ १८ २०७८
    960
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाली सेनाले सञ्चालन गरिरहेकाे छाउनीस्थित वीरेन्द्र अस्पतालले ६८ जना मेडिकल कर्मचारी करार सेवामा भर्ना गर्ने भएको छ ।

    कोरोना महामारीको उपचारका लागि मेडिकल जनशक्ति करारमा भर्ना गर्न लागिएको हो ।

    जसअनुसार अस्पताले सबैभन्दा बढी स्टाफ नर्स ५० जना मागेको छ । पिसिएल नर्सिङ उत्तीर्ण गरी नर्सिङ काउन्सिलमा दर्ता भएकाले स्टाफ नर्समा दरखास्त दिन पाउनेछन् ।

     त्यस्तै, १० जना बिएन/बिएस्सी नर्स माग गरिएको छ । बिएन/बिएस्सी नर्सिङ उत्तीर्ण गरी नर्सिङ काउन्सिलमा दर्ता भएकाले दरखास्त दिन सक्नेछन् ।
    एमबिबिएस उत्तीर्ण गरी एनएमसी दर्ता भएका ८ जना मेडिकल अधिकृत माग गरिएको छ ।  २० माघभित्र दरखास्त दिइसक्नुपर्ने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार