Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वीर अस्पतालका प्रमुख बस्नेतको बढुवा बदर, लाेकसेवाले रद्द गरेकाे विज्ञापनमा गरिएकाे थियाे बढुवा


    मंगलबार, माघ १८ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर)का निमित्त प्रमुख प्रशासकीय अधिकारी डा भुपेन्द्रकुमार बस्नेतको बढुवा रद्द भएको छ ।

    २१ पुसमा बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बढुवा समितिको बैठकले डा बस्नेतलाई स्वास्थ्य सेवा अन्तर्गतको मेडिसिनरग्याष्ट्रोइन्टेरोलोजी समूह, प्रमुख कन्सलटेन्ट ग्यास्ट्रोइन्टेरोलोजिष्ट पदमा  एघारौँ तहमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

    तर, लोकसेवा आयोगले १५ कात्तिकमा रद्द गरेको विज्ञापनमा उनलाई बढुवा सिफारिस भएको पाइएपछि १४ माघमा सिफारिस रद्द गरिएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज मंगलबार सूचना जारी गर्दै भनेको छ, ‘२१ पुसमा भएको बढुवासम्बन्धी निर्णय बदर भएकाे छ ।’

    आयोगले रद्द गरिसकेको विज्ञापनमा बढुवा समितिको सचिवालयले २३ पुसमा कार्यसम्पादन मूल्यांकनमार्फत बढुवाका लागि भन्दै सूचना जारी गरेको थियो । सोही अनुसार बस्नेत बढुवाका लागि सिफारिसमा परेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार