Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • रसियाले युक्रेनमाथि हमला गरे पुटिनलाई प्रतिबन्ध लगाउने अमेरिकाको चेतावनी


    मंगलबार, माघ १८ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । रसियाले युक्रेनमाथि हमला गरे अमेरिकाले राष्ट्रपति भ्लादमिर पुटिनका भित्रि सर्कलका मानिसहरुमाथि प्रतिबन्ध लगाउने अमेरिकाले चेतावनी दिएको छ ।

    ‘हामीले पहिचान गरेका व्यक्तिहरु क्रेमलिनको भित्रि वा नजिकको वृत्तका छन् र उनीहरुले सरकारको निर्णयमा भूमिका खेल्छन्’ ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन पास्कीले भनिन् । 

    उनले अगाडि भने, ‘रसियाका इलाईट र उनीहरुका परिवारका सदस्यहरुका लागि हामीले विशेष प्रतिबन्ध प्याकेज तयार गरेका छौं’, उनले भनिन् ।

    युक्रेन मामिलालाई लिएर पछिल्लो समय अमेरिका र रसियाबीचको तनाब बढ्दो छ । रसियाले युक्रेनको सीमानजिक एक लाखभन्दा बढी सेना परिचालन गरेको छ । रसियाले युक्रेनमाथि अतिक्रमण गर्न लागेको पश्चिमेली राष्ट्रहरुले अनुमान गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार