Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • पशुपति क्षेत्रमा सङ्ग्रहालय बनाउने तयारी


    मंगलबार, माघ १८ २०७८
    1.9K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । राजा रणबहादुर शाहले कस्तो हुक्का तान्थे ? पशुपति क्षेत्रको पश्चिम ढोका सामुन्ने रहेको पशुपतिनाथ महास्नान घरमा राजा रणबहादुरको हुक्का ज्यूँका त्यूँ छ ।

    यो हुक्कालाई पशुपतिनाथ सङ्ग्रहालयमार्फत पशुपति क्षेत्र विकास कोषले प्रदर्शनीमा राख्ने योजना बनाएको छ । त्यसका लागि कोषले पशुपति क्षेत्रको महास्नान घरमा नै सङ्ग्रहालय स्थापना गर्ने भएको छ । त्यसका लागि कोषले ठ्याक्कै मिति भने तय गरिसकेको छैन तर पनि आगामी शिवरात्रिको आसपासमा प्रदर्शनी गराइने पशुपति क्षेत्र विकास कोषका सूचना अधिकारी रेवतीरमण अधिकारीले बताउनुभयो । शिवरात्रि आगामी फागुन १५ गते परेको छ ।

    इतिहासविद् डा. गोविन्द टण्डनका अनुसार महास्नानघर आफैँमा ऐतिहासिक महìवको घर हो । नेपाल इन्भेस्टमेन्ट बैङ्कले करिब पाँच करोड रुपियाँको हाराहारीमा महास्नानघरलाई जीर्णोद्धार गरेपछि सङ्ग्रहालय बनाइने भएको हो ।

    रणबहादुर शाहको पाला (वि.सं. १८३४–१८५५) मा महाशिवरात्रिमा पशुपति दर्शनका लागि आएकी तिरहुतिया विधवालाई मन पराएर रानी बनाएका राजा रणबहादुरले रानी बिरामी पर्दा रोग निदानको कामना गर्दै यही घरबाट प्रत्येक पूर्णिमाका दिन ८४ व्यञ्जनसहित पशुपतिनाथ महास्नान चलाएका हुन् । सङ्ग्रहालयमा पृथ्वीनारायण शाहका पालाका सुब्बा कुलानन्द झा, लिच्छवि राजारानीका केही सालिक, मल्लकालका राजारानीका सालिक, कलात्मक पानस दियो र पशुपतिनाथ मन्दिरमा ठूलो बसाहा राख्नुअघिको बसाहालगायतका कलात्मक सामग्री हुनेछन् ।

    कोषका सूचना अधिकारी रेवतीरमण अधिकारीका अनुसार चाँगुनारायणमा रहेको भन्दा पुराना शिलापत्र र अभिलेख पनि सङ्ग्रहालयमा राखिने छन् । पशुपतिनाथमा चाँदीको ढोका राख्ने शक्तिवल्लभ र राधावल्लभ अज्र्यालको सालिक पनि सङ्ग्रहालयमा राखिनेछ । सूचना अधिकृत अधिकारीका अनुसार इतिहासमा प्रथम अभिलेख मानिएको वि.सं. ५२६ को चाँगुनारायणको अभिलेखभन्दा अघि वि.सं. ५२१ को राजा मानदेवको अभिलेख यहाँ राखिएको छ । गोरखापत्र दैनिकबाट 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार