Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चिसोबाट जाेगाउन वडा कार्यालयले बाँड्याे सिरक


    मंगलबार, माघ १८ २०७८
    760
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • उदयपुर । बाक्लो हुस्सु र चिसो हावाका कारण अत्यधिक चिसो बढेपछि उदयपुरको त्रियुगा नगरपालिका- १ ले ९० दलित, विपन्न तथा एकल महिलालाई सिरक वितरण गरेको छ ।

     त्रियुगा नगरपालिका-१ जोगिदहले जेष्ठ नागरिक ५६ जना, एकल महिला र दलित ३४ गरी ९० जनालाई एक/एक थान सिरक, दसना, तन्ना, तकिया र सुपानेट झुल वितरण गरेको हाे ।

    वडाध्यक्ष मनोजकुमार चौधरीले बाक्लो हुस्सु र चिसो हावाका कारण जनजीवन कष्टकर बनेपछि सहयाेग गरिएकाे बताए ।

    उदयपुरको बेलका, चौदण्डीगढी, त्रियुगा कटारी नगरपालिकाको जनजीवन प्रभावित भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार