Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अनियमितता गरेको भन्दै वडा कार्यालयमा स्थानीयले लगाए ताला


    सोमबार, माघ १७ २०७८
    670
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ८ ईर्खुको वडा कार्यालयमा स्थानीयले ताला लगाएका छन् । नागरिकले पाउने सुविधामा हेलचक्राई भएको भन्दै ५४  जना स्थानीयको हस्ताक्षर सहितको ध्यानाकर्षण पत्र टाँस्दै वडा कार्यालयमा तालाबन्दी गरिएको हो । 

    स्थानीय धनबहादुर तामाङका अनुसार चौतारा साँगाचोकगढी नगरपालिका  ८ अन्तर्गत, साविक ईर्खु गाविसका ९ ओटा वडाभित्रका नागरिक तथा जनसमुदायहरूको उपस्थितिमा ३ बुँदे मागसहित तालाबन्दी गरिएको हो । 

    उनीहरुले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा अनियमितता भएको, कोभिड– १९ लक्षित नगद हस्तान्तरणमा हेलचक्राई गरिएको र विभिन्न शीर्षकमा, बाख्रा वितरण र कृषि अनुदानमा अनियमितता गरेको लगायतका आरोप लगाएका छन् । 

    यता संवादबाट सहमति निस्कने विकल्प हुँदा हुँदै स्थानीय अराजक रुपमा प्रस्तुत भएको भन्दै अध्यक्ष तिर्थबहादुर श्रेष्ठले दु:ख व्यक्त गरे । स्थानीयले राखेका माग वार्ता मार्फत् समाधान निकाल्न आफू तयार रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ । माग पूरा गर्ने नाममा वडा कार्यालयमा टेबुल ठोक्ने र प्रतिनिधिमाथि अपशव्द प्रयोग भएको भन्दै उनले दु:ख व्यक्त गरे । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार