Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले अध्यक्ष ओलीविरुद्ध भक्तपुर प्रशासनमा उजुरी दर्ता


    सोमबार, माघ १७ २०७८
    490
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी दर्ता भएको छ । ‘कोरोना संक्रमित हुँदाहुँदै पनि भीडमा गएर रोग फैलाउन सहयोग गरेको’ भन्दै उनीविरुद्ध परेको उजुरी दर्ता भएको हो । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले ओलीविरुद्ध प्रशासनमा उजुरी आएको बताइन् । 

    संक्रामक रोग ऐन, २०२० अन्तर्गतको कसूर गरेको बताउँदै अभिजित अधिकारी र वीरेन्द्र मडैले हुलाकमार्फत् पठाएको उजुरी सोमबार दर्ता भएको हो । 

    ओली आफू कोरोना संक्रमित हुँदाहुँदै माघ १२ गते  एमालेको भ्रातृ संगठन युवा संघले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भएर संक्रमण फैलाएको आरोप उनीहरुको छ । उनलाई माघ ९ गते कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक गरिएको थियो ।

    विधिको शासनलाई अनुशरण गर्दै संक्रामक रोग ऐन, २०२० को दफा ३ बमोजिम ओलीलाई यथाशीघ्र कारबाही गर्न निवेदनमा माग गरिएको छ । 

    ‘यसरी आफू कोरोना संक्रमित भइ जानीजानी सार्वजनिक स्थलमा गइ अन्य व्यक्तिहरुसँग सम्पर्कमा आइ कोरोना संक्रमण फैलाउने कार्य गरी संक्रामक रोग ऐन, २०२० विपरीत कार्य गरेकाले निज ओलीलाई कानुनबमोजिम आवश्यक कारबाही गरीपाएऊँ’  उजुरीमा माग गरिएको छ । 

    जिल्ला प्रशासन कार्यालय भक्तपुरले माघ ६ गतेदेखि कोरोना संक्रमण फैलिन नदिनका लागि एक आदेश जारी गरेको थियो । आदेशमा कोरोनाको लक्षण देखिए पनि ५ दिन क्वारेन्टिनमा बस्न भनिएकाे छ ।

    kp-oli-ujuri.jpg
    undefined
    ujuri2.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार