Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कुकुर र बिरालोलाई रेबिज रोगविरुद्ध खोप


    सोमबार, माघ १७ २०७८
    925
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • ताप्लेजुङ । मेरिङ्देन गाउँपालिकामा कुकुर र बिरालोलाई रेबिज रोगविरुद्धको खोप लगाइएको छ । गाउँपालिकाभित्र पालिएको करिब दुई सय कुकुर र बिरालोलाई रेबिज रोगविरुद्ध खोप लगाइएको हो ।

    गाउँपालिकाको पोषण संवेदनशील कार्यक्रमको पशुपन्छी विकास क्षेत्रअन्तर्गत वडा–वडामा शिविर सञ्चालन गरी स्थानीयले पालेका कुकुर र बिरालोलाई खोप लगाएको गाउँपालिकाले जनाएको छ । मेरिङ्देन गाउँपालिकाका पशु सेवा प्राविधिक राजन गुरागाईंका अनुसार प्रत्येक वडामा सञ्चालित पशु स्वास्थ्य शिविरमार्फत कुल एक सय ८५ वटा कुकुर र बिरालोलाई रेबिज रोगविरुद्ध खोप लगाइएको छ ।

    गुरागाईंले एक सय ६४ वटा कुकुर र २१ वटा बिरालोलाई रोगविरुद्ध खोप लगाएको जानकारी दिए । उनकाअनुसार वडा नंम्बर १ थिङ्लाबुमा ५२ वटा कुकुर र १० वटा बिरालोलाई खोप लगाइएको छ । यस्तै वडा नंम्बर २ सान्थाक्रामा १३ वटा कुकुर, वडा नंम्बर ३ खाम्लुङमा १४ वटा कुकुर, वडा नंम्बर ४ लिङ्तेपमा ४३ कुकुर तथा १० वटा बिरालो, वडा नंम्बर ५ थुकिमामा ४० कुकुर तथा एउटा बिरालो र वडा नंम्बर ६ नाल्बुमा दुई वटा कुकुरलाई खोप लगाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार