काठमाडौं । काठमाडौं महानगरपालिका-७ मित्रपार्कस्थित ओह्रालोमा एक युवकको शव फेला परेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीका अनुसार आइतबार सवा ११ बजे उक्त स्थानमा केही युवाहरूले झगडा गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुग्दा युवकको शव फेला परेको हाे ।
प्रहरीले घटनास्थलमा रहेका दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पशुपति क्षेत्रमा बस्ने ३८ वर्षीय रुद्रबहादुर केसी र २८ वर्षीय सुरेश दर्नाल छन् ।
झगडा गर्ने अर्का एक जना भने फरार छन् ।
उनीहरूकै कुटपिटबाट युवकको मृत्यु भएको वा लडेर भएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक गिरीले बताए । मृतकको परिचय पनि खुलेको छैन ।
पोष्टमार्टमको लागि ती युवकको शव महाराजगन्जस्थित टिचिङ अस्पतालमा लगिएको छ।