विराटनगर । प्रदेश १ काे आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अहिले भएको ७ मन्त्रालय फुटाएर १२ बनाउने निर्णय गरेकाे छ ।
मन्त्रिपरिषद् बैठकले सामाजिक विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी, भौतिक पूर्वाधार विकास र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय टुक्र्याएर मन्त्रालय संख्या थप गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधनसहित पारित गरेसँगै प्रदेशमा मन्त्रालय संख्या बढ्ने भएको हो ।
मन्त्रिपरिषद् कार्यविभाजन नियमावली पारित गर्ने निर्णयबारे सरकारले औपचारिक जानकारी भने दिएको छैन ।
यो नियमावली संशोधनसँगै प्रदेशमा मुख्यमन्त्री कार्यालयसहित अब १२ मन्त्रालय हुनेछन् । थपिएका मन्त्रालय रहने स्थानको पनि टुंगो लागिसकेको मुख्यमन्त्री कार्यालय निकट स्रोतले बताएको छ ।