Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • श्रीनिवास नेपालका फिल्डिङ कन्सल्ट्यान्ट नियुक्त


    सोमबार, माघ १७ २०७८
    610
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले रघुराम श्रीनिवासलाई नेपाली क्रिकेट टिमको फिल्डिङ कन्सल्ट्यान्ट प्रशिक्षकमा नियुक्त गरेको छ । 

    क्यानले सोमबार श्रीनिवासलाई आईसीसी टी-२० विश्वकप छनोटका लागि  फिल्डिङ कन्सल्ट्यान्ट प्रशिक्षकको रुपमा जोडिएको जनाएको हो । 

    श्रीनिवासले अष्ट्रेलिया क्रिकेटको हाइ पर्फमेन्स लेभल ३ प्रशिक्षक हुन् ।

    श्रीनिवासले मुख्य प्रशिक्षक पुबुदु दशानायकेसँग अमेरिकाको क्रिकेट टिममा सँगै काम गरेका थिए ।

    ‘प्रशिक्षक श्रीनिवासले अमेरिकामा मसँगै काम गरेका छन् । उहाँ उर्जावान फिल्डिङ प्रशिक्षक हुनुहुन्छ,’ पुबुदुले भने । 

    नेपाली टोली ओमानमा आयोजना हुने प्रतियोगिताको लागि तयारीमा छ । नेपालले सन्दीप लामिछानेको कप्तानीमा पहिलो पटक खेल्दै छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार