काठमाडाैं । महानगरीय प्रहरी परिसर काठमाडौँले अनलाइन जुवा खेलाएको आरोप ७४ जनालाई पक्राउ गरेको छ ।
काठमाडौँको बौद्धस्थित प्लटिङ नजिक रहेको एक रेस्टुरेन्टमा जम्मा भएर अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा उनीहरूलाई आइतबार साँझ पक्राउ गरिएको प्रहरीले जानकारी दिएकाे छ ।
ठुलो सङ्ख्यामा मानिसहरू भेला भई अनलाइन बिङ्गो खेलिरहेको भन्ने सूचनाकाे आधारमा महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट संयुक्तरुपमा खटिएको प्रहरीले टोलीले छापा मारी उनीहरूलाई पक्राउ गरेको हो ।
मैनालीका अनुसार उनीहरूको साथबाट मोबाइल, बिङ्गो खेलमा प्रयोग हुने कुपन र नगद नियन्त्रणमा लिइएको छ ।
पक्राउ पर्नेमा ६६ जना पुरुष र ८ जना महिला रहेका छन् । उनीहरूको साथबाट प्लास्टिकको बट्टाभित्र रहेको ७० हजारसमेत गरी कूल ६ लाख १८ हजार २५० रुपैयाँ बरामद गरिएकाे छ ।