Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनको मूल्य तोलामा ४०० रुपैयाँले घट्यो


    सोमबार, माघ १७ २०७८
    695
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । सुनको भाउ सोमबार प्रतितोला ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९१ हजार ८०० रुपैयाँ कायम भएको छ ।

    आइतबार भने छापावाल सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, सोमबार तेजावी सुनको भाउ तोलाको ९१ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । 

    चाँदीको भाउ पनि घटेको छ । आइतबार एक हजार २५० रुपैयाँमा  कारोबार भएको चाँदी सोमबार १० रुपैयाँले घटेको छ । सोमबार चाँदीको भाउ प्रतितोला एक हजार २४० रुपैयाँमा भएको छ । ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार