Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लागूऔषधसहित दुई जना पक्राउ


    सोमबार, माघ १७ २०७८
    575
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सर्लाही । सर्लाही प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेकाे छ । 

    मलंगवा-नवलपुर सडक अन्तर्गत कविलासी नगरपालिका-८, मा चेकजाँचका क्रममा आइतबार राति लालबन्दी नगरपालिका-८, का अख्तर हुसैन र कार चालक ईश्वरपुर नगरपालिका-६, का अशाेक लामा पक्राउ परेका हुन् ।

    जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद बुढाथाेकीका अनुसार एचआर २६बिपि १८७६ नम्बरकाे कारमा सवार उनीहरु लागूऔषधसहित पक्राउ परेका हुन् । डाइलेक्स डिसी १०० एम एल ११ बाेटल, नाेफिन फेनेरागन ११ एम्पुल र हाई-टिच ईन्जेक्सन ३ पिस बरामद भएकाे हाे । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार