Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चारवटा सरकारी अस्पतालमा आइसोलेसन बेड राखिने


    आइतबार, चैत्र २ २०७६
    800
    Shares
  • २ मिनेट पाठ
  • चैत ०२, काठमाडौँ । कोरोनाका शंकास्पद बिरामीहरुका लागि सरकारले काठमाडौंका चारवटा सरकारी अस्पतालमा आइसोलेसन बेडहरु राख्ने भएको छ ।

     काठमाडौंमा रहने आइसोलेसन बेडहरु टेकु अस्पताल, पाटन अस्पताल, कीर्तिपुर आयुर्वेदिक अस्पताल र वीर अस्पतालमा मात्र राख्ने निर्णय गरिएको स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।

    स्वास्थ्य मन्त्रालयले यसअघि काठमाडौंका ग्राण्डी, ह्याम्स, मेडिसिटी जस्ता नाम चलेका निजी अस्पतालहरुले समेत आइसोलेसन बेड छुट्याउनुपर्ने निर्णय गरेको थियो ।  तर, अब सरकारले काठमाडौंका चारवटा सरकारी अस्पतालहरुमा त्यस्ता आइसोलेसन बेडहरु राख्ने नयाँ नीति लिएको हो ।

    'काठमाडौंमा सुरुमा  सबै अस्पतालमा १५५ वटा बेडहरु राख्ने रणनीति परिर्वतन गरीएको छ ।' महानिर्देशक श्रेष्ठ भन्छन्, ‘अब हामी चारवटा अस्पतालहरुलाई तोक्छौं । एक नम्बरमा टेकुलाई तोक्यौं । दुई नम्बरमा हामीले सम्भवतः पाटनलाई तोक्छौं होला । तीन नम्बरमा कीर्तिपुर आयुर्वेदिक अस्पताललाई तोक्छौं । चार नम्बरमा आएर वीर अस्पतालको नयाँ भवनलाई तोक्दैछौं ।’

    उनका अनुसार ह्याम्स, ग्राण्डी लगायतका अस्पतालहरुमा आइसोलेसन बेडहरु नराख्ने निर्णय सरकारले गरिसकेको छ ।

     ‘एउटा बिरामी ह्याम्समा, एउटा बिरामी ग्राण्डीमा र एउटा बिरामी टिचिङ अस्पतालमा छ भन्नासाथ मान्छेलाई त्रास हुँदोरहेछ । अर्को कुरा, त्यहाँ सार्ने पनि सम्भावना हुन्छ । त्यहाँ राम्रो केयरिङ नहुने भो’ महानिर्देशक श्रेष्ठ भन्छन्, ‘संसारभरि यही छ भनेर हाम्रा डब्ल्युएचओका सल्लाहकारहरुले पनि भनेको हुँदा हामीले चार स्थानमा तोक्दैछौं र यसबारे नेपाल सरकारले निर्णय गरिसक्या छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार