काठमाडौँ। चर्चित भारतीय टिभि रियालिटी शो बिग बोस सिजन १५ को उपाधि अभिनेत्री तेजस्वी प्रकाशले जितेकी छिन् ।
यस्तै, उक्त शोमा प्रतिक सहजपाल उपविजेता बनेका छन् । शोका एन्कर सलमान खानले विजेताको नाम घोषणा गरेका थिए । तेजस्वीले विजेता ट्रफीसँगै ४० लाख रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।
बिग बोस सिजन १५ को फाइनलमा तेजस्वी प्रकाश, प्रतीक सहजपालसँगै करण कुन्द्रा, शमिता शेट्टी र निशान्त भट्टले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए।
करण कुन्द्रा तेस्रो नम्बरमा थिए । हरेक पटक जस्तै यसपटक पनि उत्कृष्ट ५ प्रतियोगीले पुरस्कार राशि लिएर बाहिरिने विकल्प पाएका थिए । निशान्त भट्टले पनि सोही विकल्प रोजेका थिए।
यस सिजनमा तेजस्वी प्रकाश करण कुन्द्रासँगको सम्बन्धका कारण चर्चामा थिइन् । तेजस्वी र शमिता शेट्टी बीचको विवादलाई शमिता शेट्टी र करण कुन्द्रासँगको विवादलाई पनि शोमा कभर गरिएको थियो।
कलर्स टिभी च्यानलमा देखाइने बिग बोसको यो सिजन अघि, Voot एपमा बिग बोस ओटीटी रियालिटी शो पनि देखाइएको थियो।